You are viewing the translated version of घरजग्गाधनीलाई क्षतिपूर्ति दिनु पर्ने (१) ऐनको दफा २६ को उपदफा (४) बमोजिम कुनै व्यक्तिको घरजग्गामा प्रवेश गर्दा घरजग्गा धनीको कुनै सम्पत्तिमा हानिनोक्सानी गरेमा सोको क्षतिपूर्ति निर्धारण.

Section 36
घरजग्गाधनीलाई क्षतिपूर्ति दिनु पर्ने (१) ऐनको दफा २६ को उपदफा (४) बमोजिम कुनै व्यक्तिको घरजग्गामा प्रवेश गर्दा घरजग्गा धनीको कुनै सम्पत्तिमा हानिनोक्सानी गरेमा सोको क्षतिपूर्ति निर्धारण
गर्न देहाय बमोजिमको एक क्षतिपूर्ति निर्धारण (समिति रहनेछ:-

(क) सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिक -अध्यक्ष

(ख) सम्बन्धित जिल्ला मालपोत कार्यालयको प्रमुख वा निजले तोकेको कम्तीमा अधिकृतस्तरको प्रतिनिधि -सदस्य

(ग) सम्बन्धित स्थान हेर्ने भवन सम्बन्धी कार्यालय प्रमुख वा निजले तोकेको कम्तीमा अधिकृतस्तरको प्रतिनिधि “सदस्य

(घ) सम्बन्धित सेवाप्रदायकको प्रमुख -सदस्य

(ङ) सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको कम्तीमा अधिकृतस्तरको प्रतिनिधि “सदस्य

(२) उपनियम (१) बमोजिमको समितिले निर्धारण गरे बमोजिमको क्षतिपूर्ति सम्बन्धित सेवाप्रदायकले त्यस्तो घर जग्गाधनीलाई दिनु पर्नेछ।

(३) उपनियम (१) बमोजिमको समितिको सचिवको जिम्मेवारी प्रमुख जिल्ला अधिकारीले तोकेको अधिकृतस्तरको कर्मचारीले गर्नेछ।

(४) उपनियम. (१) बमोजिमको समितिको बैठक सञ्चालन सम्बन्धी“ अन्य कार्यविधि समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ।